रोग प्रतिरोधात्मक प्रणाली ज्यादा सकृय भएर हुने रोगहरु

“हाम्रो शरीरमा बाह्य हानिकारक बस्तुहरु जस्तै: जीवाणु (bacterium), बिषाणु (virus), परजिवी (parasite) इत्यादी प्रवेश हुने बित्तिकै हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली (Immune System) सकृय हुन्छ र रोग लाग्न दिदैन । यदि यो प्रणाली कमजोर भयो भने हाम्रो शरीर भित्र प्रवेश गर्ने जीवाणु/ बिषाणु/ परजिवीहरुले तुरुन्त आक्रमण गरिहाल्छन् र हामीलाई रोगहरु जस्तै: झाडा-पखाला, रुघा-खोकी, क्षयरोग, इत्यादी. लाग्छ ।

AIDS वास्तवमा आफैंमा कुनै रोग होइन तर यसले चाँही हाम्रो immune system लाई यती कमजोर बनाइदिन्छ कि निको नै नहुने गरी, अनी सबै किसिमको (सरुवा) रोगहरु लाग्छ र मृत्‍यु हुन्छ ।

तर immune system ज्यादा सकृय अथवा cross reaction भयो भने पनि यसले हाम्रो शरीरका आफ्नै कोष, तन्तु तथा अङ्गहरुलाई आक्रमण गर्न सुरु गर्छ अनी आँफैमा एक रोगको रुप लिन्छ, जसलाई Autoimmune Disease भनिन्छ । यसअन्तर्गत बात (Rheumatoid Arthritis), बिसमज्वर (Rheumatic fever), दम (Allergic Asthma), खास प्रकारको मुटुको रोग (Rheumatic heart disease), Graves’ disease, Lupus, Optic neuritis, Pernicious anemia, Sjögren’s syndrome, Primary biliary cirrhosism, Myasthenia gravis, Diabetes mellitus type 1, इत्यादी. (यस्ता सय भन्दा बढी किसिमका रोगहरु पत्ता लागेका छन्) ।

चालिस बर्ष उमेरपछिको स्थिती हेर्ने हो भने, पुरुषलाई भन्दा महिलालाई auto-immune रोग लाग्ने सम्भावना तीन गुणा धेरै हुन्छ । अहिले सम्म पाइएको तथ्याङ्क अनुसार, महिला : पुरुष = ३:१ छ । हालसालै गरिएको अध्य्यन अनुसार महिलाहरुमा auto-immune रोगको सम्भावना ज्यादा हुने निम्न कारणहरु पत्ता लागेका छन् ।

  1. Estrogens (oestrogens) हार्मोन महिलाहरुमा उत्पादन हुन्छ भने पुरुषहरुमा testosterone हार्मोन । estrogens हार्मोनले immune system ज्यादा सकृय हुन उत्प्रेरणा दिन्छ ।

  2. मानव शरीरमा २३ जोडा अनुबशिंक तत्वहरु (chromosomes) हुन्छन् । प्रत्येक जोडामा एक-बाबु तथा एक-आमाबाट आएका हुन्छन् । पुरुष र महिलामा २२ जोडा chromosome एकै किसिमका हुने भएता पनि २३ औं जोडा भने फरक हुन्छ । २३ औं जोडामा XX (महिला), XY (पुरुष)हुन्छ । यहीँ X chromosme मा immune प्रणालीलाई ज्यादा सकृय बनाउने केही रसायनहरु उत्पादन गर्ने अनुबशिंक तत्वका ईकाइहरु (genes) रहेका हुन्छन् । महिलाहरुमा X-chrosome दुइवटा हुनाले पुरुषको तुलनामा यस्ता रसायन हरु पनि दुईगुणा बढी उत्पादन हुन्छन् । हुन त gene दुईगुणा भयो भन्दैमा त्यसको उत्पादन पनि अनावश्यक रुपमा दुईगुणा नै हुन्छ भन्ने त होइन । नचाहिएको एउटा gene लाई छोपेर राख्ने र यस्को उत्पदन हुन नदिने अर्कै प्रणाली हुन्छ, यदी यो प्रणाली बेकार भएमा मात्र महिलाहरुमा autoimmune रोगको सम्भावना ज्यादा हुन्छ।

  3. Microchimerism:- गर्भावस्थामा रहेको भ्रुण/बच्चा महिलाको रक्तसंचार प्रणाली सँग प्रत्यक्ष सम्पर्कमा रहेको हुँदैन, साल-नाल को माध्यमबाट अप्रत्यक्ष रुपमा संपर्कमा रहेको हुन्छ । तर, कारणबस महिलाको रक्तसंचार प्रणालीमा बच्चाको कोष, तन्तु इत्यादी आउन पुग्यो भने महिलाको Immune system सकृय भाईहाल्छ । यो सकृयता Helper CD4 T-cell ले स्मरण गरिराखेको हुन्छ जसले महिलालाई बच्चाको जन्म पश्चात पनि हानी पुर्याउँछ । सामान्यत: बच्चाको जन्म पश्चात यस्ता Helper CD4 T-cell आँफैँ नस्ट हुन्छन् ।”

सन्दर्भ श्रोत: बिष्णु मरासिनी “महिलाहरुमा autoimmune रोगको सम्भावना ज्यादा हुने कारण”

पादुका दानको प्यारोडी

“तहाँ साथी भाइका चरणतलमा घरि-घरि परी
भरत बिन्ती गर्छ एउटी ठिटी मिलाइदेउ भनी

चुरोटको धुवाँमा होस् या क्यान्टिनको चनामा
उसलाई नै सोच्छ यो भरत आफ्नो मनमा

बियरको बोतल होस् या ल्याबको फ्लास्क
फुटायो कती हो कती अनी छोड्यो क्लास

भ्यागुतो होस् या गड्यौला चिर्दा या लोखर्के
खाली उस्तिर नै आँखा लगाउछँ कर्के-कर्के

क्लासको होस् या प्र्याक्टिकलको कापी सार्दा
उसलाईनै सम्झन्छ ब्याड्मिन्टन पनि हार्दा

मिररको होस् या लेन्सको प्र्याक्टिकलमा
तेर्स्याउँछ ति खाली उसकै अनुहारमा

झिम्क्याउन सिक्ने भनी माइक्रोस्कोप हेर्छ
छोडिदे त्यस्लाई भन्दा हामीलाई कहाँँ टेर्छ

ब्रश नगरेका गन्हाउने ति पहेँला दाँत पनि
भन्ने गर्छ ति सुनका दाँत किन हो कुन्नी

हामीलाई धम्क्याउछ उसलाई नपाए पनि
बिकरको एसिड पनि पिईदिन्छु भनी

साथीभाइ सम्झाउँछन  नरो अरु पनि पाईन्छ भनी
उ रुन्छ सिनेमाको पैसा फिर्ता अहिल्यै चाहिन्छ भनी”

स्रोत:भानुभक्त आचार्यको पादुका दान अब नयाँँ संस्करणमा

Some very important SLC questions

Short questions : Note This is just test; original post is here http://mb9851.wordpress.com/

Q. No .3
(i) If A+B = 45, prove that (1+tanA)(1+tanB)=2

(ii) If A+B = 45, prove that: (cotA-1)(cotB-1) = 2

(iii) If A+B =225, prove that (tanA+1)(tanB+1)=2

(ii) If A+B = 225, prove that: (1-cotA)(1-cotB) = 2

Q. No. 4 Prove that:

  1. (2cosA+1)(2cosA-1)=2cos2A+1
  2. (2sinA-1)(2sinA+1)=1-2cos2A
  3. (2cos{A \over 2}-1)(2cos{A \over 2}+1)=1+2cosA
  4. (2sin{A \over 2} -1)(2sin {A \over 2} +1) = 1-2cosA
  5. (2cos2A+1)(2cos2A-1)=1+2cos4A
  6. (2sin2A -1)(2sin2A+1)=1-2cos4A

H_2O                                   Download Rest of the Questions

सुक्ष्मजीवहरु र राजेश हमाल

“कलाकार / नायक राजेश हमाललाई महानायक बनाएर लेखेका टिपोट को थुप्रो लागिसकेछ । निसन्देह, यो हाँस्य प्रायोजनको लागि मात्र लेखिएको हो ।

  • राजेश दाइ सानो हुँदां Staphylococcus र Streptococcus को गुच्चा खेल्नुहुन्थ्यो रे
  • राजेश दाइलाई त ब्याक्टेरिया हेर्नको लागि माईक्रोस्कोप नै नचाहिने रहेछ ।
  • राजेश दाइ सानो हुँदां Escherichia coliVibrio cholera को डण्डीबियो खेल्नुहुन्थ्यो रे । एकदिन, E. coli डण्डीले V. cholera गुलीलाई अलि जोडले हिर्काउनुभएछ, त्यसैले आजसम्म पनि V. cholera बाङ्गोको बाङ्गै छ ।
  • HIV त राजेश दाइसँग डराएर पो रहेछ, CD4 T-cell भित्र लुकि-लुकी बस्ने ।
  • राजेश दाइको लामो कपाल देखेर पो Salmonella typhi पनि peritrichous (झुसे) भएको रहेछ ।
  • २०५१ सालमा नेपालमा ठुलो खडेरी परेको थियो, किन भनेर बुझ्दै जांदा त राजेश दाइले झुक्किएर Agaricus biospora (mushroom) को छाता बनाएर ओढ्नु भएको रहेछ ।
  • राजेश दाइले एउटा भुस्याहा कुकुरलाई गोली हान्नु भएछ, गोली लाग्यो, घाऊ -रगत पनि देखिएन, तर पानी देखी डराउने मात्र भएछ, १४ दिनपछी बल्ल कुकुर मरेछ । यसपल्ट त राजेश दाइपनि अचम्म पर्नुभएछ ।

बिष्णु प्र. मरासिनी
बांकी यता  http://www.facebook.com/hamalrajesh http://xnepali.net/np/240  “

पुस्तिकामा नेपालीमा लेख्न जस्तो सजिलो छैन ब्लगमा उतार्न

मेरो यो ब्लग खोल्नुको उद्धेश्य, मैले रचना गरेका टुक्रा-टुक्री साहित्य पस्कनु र लेखाइमा निखार ल्याउनु थियो । तर, एक त नेपालीमा टाइप गर्नुको झर्को, टाइप गरिहालेपनि कापीमा लेखे जस्तो ह्रस्व-दीर्घ मिलाउन अनी स्क्रिनमा शुद्ध बर्ण उतार्नको कठिनाईले गर्दा आफ्नो लेख आँफैलाई अनौठो लाग्ने भएकोले नेपाली लेखलाई निरन्तरता दिन सकेन । यसकारणले अनियमित नै भएपनि अङ्रेजीमै बिशेष गरी कम्प्युटर, बिज्ञान तथा प्रविधी परिधिका तथा केही अनुभवका लेख लेखेर भए पनि उपस्थिती जनाइरहे । अङ्रेजीको आफ्नो लेखमा व्याकरण अशुद्ध भएपनि अङ्रेजी आफुले त्यती नजान्ने भएकोले आँफैले पढ्दा त्यती अनौठो लाग्दैन । अशुद्ध लेख्नु भन्दा नलेख्नु नै बेश भन्ठानेर बसे पनि कहिले-काँही चाँही लेख्न खसखस लाग्ने रहेछ । यो तयार गर्न पनि हप्तौ लाग्यो ।

नेपालीद्वारा लेखिएका सयौं ब्लग भए पनि आफ्नै मौलिकताले भरीएका र नियमित हुने (महिनामा कम्तिमा १ लेख) त २०-२२ वटा मात्र पाएको छु, जसको म नियमित पाठक हुँ । तर त्यसमध्ये पनि सदैव शुद्ध र व्याकरण मिल्ने लेख हुने त जम्मा ८-१० वटा मात्र भए जस्तो लाग्छ । त्यस्तै झिलिमिली बनाएका ब्लगहरु पनि धेरै छन्, जुन खुल्न धेरै समय लाग्छ किनकी नेपाल मा अझै पनि सुस्त गतिकै ईन्टरनेट छ । साथै नेपाली ब्लगको संख्यात्मक भन्दा पनि मौलिकतामा र रचनात्मक लेखमा ध्यान पुर्‍याउनु पर्ने जस्तो देखिन्छ । blogger.com.np त्यस्तै अरु वेबसाईटमा सम्पूर्ण नेपाली ब्लगरहरुको नामाँकन त छ । तर, कुन बिषय बस्तु मा लेखिएको हो, समुह छैन । त्यसैले,  विकीपिडीयामा नेपाली ब्लगको जानकारी, गुगल समूह वा अरु कुनै वेबसाईट बनाएर नेपाली ब्लगरहरुको बिषयसुचीको आधारमा समूह पनि बनाउन पहल गर्ने कि ? जस्तो समाचारमुलक, कथा, साहित्य, बिज्ञान, प्रविधी, अर्थ, राजनैतीक ब्लग इत्यादी. ।

अर्को कुरा, प्राय: ब्लगहरुमा समाचारहरुमात्र (अथवा कुनै सामाग्री भए), त्यो पनि अरुको चोरी गरेर लेखिएका छन्, मलाई त्यस्ता ब्लग खोल्नै मन लाग्दैन । अरुको चोरी गर्ने र कपी पेस्ट गर्ने ब्लगहरु त म आजकाल बहिस्कार गरेको छु, ति ब्लग मैले खोल्दै खोल्दैन; त्यसैले सबै जनाले नखोल्दिए-नहेर्दिए ती चोरी गर्नेहरु निरुत्साहित हुन्थे कि ? बिज्ञापन हेरिदिएर सहयोग गरे जस्तै शुद्ध लेख्न पनि सुझाव र प्राविधिक सहयोग गरिदिए, अनी लिंक साटासाट गरिदिए पनि नेपाली ब्लग प्रवर्दनमा सहयोग पुग्ने थियो ।

सोख नहुने हो भने त ब्लग लेख्न सार्है झन्झटिलो र पट्यारिलो काम हो । नियमित र रचनात्मक नेपाली लेख ब्लग मार्फत ईन्टरनेटमा उपलब्ध गराइदिनुहुने सम्पूर्ण नेपाली ब्लगरहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

स्रोत: Science Disdained Nepal

बिजया दशमी २०६७ को शुभकामना

सम्पूर्ण नेपालीहरुमा बिजया दशमी २०६७ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

 

पुरुषहरुलाई दिने आशिर्वाद

आयु द्रोण-सूते; श्रीयम् दशरथे; शत्रु क्षयम् राघवे, ||
ऐश्यर्वम् नहुशे; गतीश्च पवने; मानंच दुर्योधने ||१|| 

सौर्यम् सन्तानवे; बलम् हलधरे; सत्यम् च कुन्ति सूते, ||
बिज्ञानम् बिदुरे; भबतु भवताम्; किर्तिश्च नारायणे: ||२||

महिलाहरुलाई दिने आशिर्वाद

जयन्ती, मङला, काली, भद्रकाली, कपालिनि
दुर्गा, क्षमा, स्वाध, धात्री, नारायणी, नमोस्तुते: ||१||

लोपोन्मुख नेपाल

पहरा थर्काइ बग्ने झरना त यही छ । 
तर खोज्नु नपरोस भोली नेपाल कहाँ छ ।।

Protected: पिडा

This content is password protected. To view it please enter your password below:

यात्रा प्रसंग

तिम्रो बुवा होला ?

लाकुँरीभञ्ज्याङ घुम्न जाँदा धेरै लामो बाटो पो पैदालनै हिंड्नु पर्ने रहेछ । हिंड्दा-हिंड्दै थकित हामीहरु सामान्य चिया-पाउरोटी पाइने घर जस्तो पसलमा गयौं । झिङटीले छाएको अली होचो पाली भएको घरमा हामी निहुरेर भित्र गइ सुकुलमा बस्यौ । त्यतिकैमा एकजना सहपाठिले आहा ! मेरो जस्तै घर रहेछ म त घरमा बसेको जस्तै लाग्यो भन्दा-नभन्दै अर्कोचाहिले प्वाक्क भन्दिहाल्यो “त्यो चिया पकाउनेचाहीँ तिम्रो बुवा होला ?”

भाइको जस्तो अनुहार !

त्यहीँ लाकुरीभञ्ज्याङकै कुरा, त्यहाँ पार्कमा पुगिसकेपछी थकाई मार्न बसिरहँदा एउटा कुकुरले एकजना साथीलाई निकै बेरसम्म घुरेर हेरिरह्यो । साथीचाहिँले अचम्म मानेर “यो कुकुरले किन यसरी मलाई हेर्छ ?” भन्न नपाउदै अर्कोले छेंड हानिहाल्यो र भन्यो “त्यो कुकुरले आफ्नो हराएको भाइ जस्तै मान्यो होला ?”

Protected: एक हजार रुपैँया हराउँदा….

This content is password protected. To view it please enter your password below:

Posted in जीवनको गोरेटोमा. Tags: , . Enter your password to view comments.