पादुका दानको प्यारोडी

“तहाँ साथी भाइका चरणतलमा घरि-घरि परी
भरत बिन्ती गर्छ एउटी ठिटी मिलाइदेउ भनी

चुरोटको धुवाँमा होस् या क्यान्टिनको चनामा
उसलाई नै सोच्छ यो भरत आफ्नो मनमा

बियरको बोतल होस् या ल्याबको फ्लास्क
फुटायो कती हो कती अनी छोड्यो क्लास

भ्यागुतो होस् या गड्यौला चिर्दा या लोखर्के
खाली उस्तिर नै आँखा लगाउछँ कर्के-कर्के

क्लासको होस् या प्र्याक्टिकलको कापी सार्दा
उसलाईनै सम्झन्छ ब्याड्मिन्टन पनि हार्दा

मिररको होस् या लेन्सको प्र्याक्टिकलमा
तेर्स्याउँछ ति खाली उसकै अनुहारमा

झिम्क्याउन सिक्ने भनी माइक्रोस्कोप हेर्छ
छोडिदे त्यस्लाई भन्दा हामीलाई कहाँँ टेर्छ

ब्रश नगरेका गन्हाउने ति पहेँला दाँत पनि
भन्ने गर्छ ति सुनका दाँत किन हो कुन्नी

हामीलाई धम्क्याउछ उसलाई नपाए पनि
बिकरको एसिड पनि पिईदिन्छु भनी

साथीभाइ सम्झाउँछन  नरो अरु पनि पाईन्छ भनी
उ रुन्छ सिनेमाको पैसा फिर्ता अहिल्यै चाहिन्छ भनी”

स्रोत:भानुभक्त आचार्यको पादुका दान अब नयाँँ संस्करणमा

Advertisements

सुक्ष्मजीवहरु र राजेश हमाल

“कलाकार / नायक राजेश हमाललाई महानायक बनाएर लेखेका टिपोट को थुप्रो लागिसकेछ । निसन्देह, यो हाँस्य प्रायोजनको लागि मात्र लेखिएको हो ।

  • राजेश दाइ सानो हुँदां Staphylococcus र Streptococcus को गुच्चा खेल्नुहुन्थ्यो रे
  • राजेश दाइलाई त ब्याक्टेरिया हेर्नको लागि माईक्रोस्कोप नै नचाहिने रहेछ ।
  • राजेश दाइ सानो हुँदां Escherichia coliVibrio cholera को डण्डीबियो खेल्नुहुन्थ्यो रे । एकदिन, E. coli डण्डीले V. cholera गुलीलाई अलि जोडले हिर्काउनुभएछ, त्यसैले आजसम्म पनि V. cholera बाङ्गोको बाङ्गै छ ।
  • HIV त राजेश दाइसँग डराएर पो रहेछ, CD4 T-cell भित्र लुकि-लुकी बस्ने ।
  • राजेश दाइको लामो कपाल देखेर पो Salmonella typhi पनि peritrichous (झुसे) भएको रहेछ ।
  • २०५१ सालमा नेपालमा ठुलो खडेरी परेको थियो, किन भनेर बुझ्दै जांदा त राजेश दाइले झुक्किएर Agaricus biospora (mushroom) को छाता बनाएर ओढ्नु भएको रहेछ ।
  • राजेश दाइले एउटा भुस्याहा कुकुरलाई गोली हान्नु भएछ, गोली लाग्यो, घाऊ -रगत पनि देखिएन, तर पानी देखी डराउने मात्र भएछ, १४ दिनपछी बल्ल कुकुर मरेछ । यसपल्ट त राजेश दाइपनि अचम्म पर्नुभएछ ।

बिष्णु प्र. मरासिनी
बांकी यता  http://www.facebook.com/hamalrajesh http://xnepali.net/np/240  “

यात्रा प्रसंग

तिम्रो बुवा होला ?

लाकुँरीभञ्ज्याङ घुम्न जाँदा धेरै लामो बाटो पो पैदालनै हिंड्नु पर्ने रहेछ । हिंड्दा-हिंड्दै थकित हामीहरु सामान्य चिया-पाउरोटी पाइने घर जस्तो पसलमा गयौं । झिङटीले छाएको अली होचो पाली भएको घरमा हामी निहुरेर भित्र गइ सुकुलमा बस्यौ । त्यतिकैमा एकजना सहपाठिले आहा ! मेरो जस्तै घर रहेछ म त घरमा बसेको जस्तै लाग्यो भन्दा-नभन्दै अर्कोचाहिले प्वाक्क भन्दिहाल्यो “त्यो चिया पकाउनेचाहीँ तिम्रो बुवा होला ?”

भाइको जस्तो अनुहार !

त्यहीँ लाकुरीभञ्ज्याङकै कुरा, त्यहाँ पार्कमा पुगिसकेपछी थकाई मार्न बसिरहँदा एउटा कुकुरले एकजना साथीलाई निकै बेरसम्म घुरेर हेरिरह्यो । साथीचाहिँले अचम्म मानेर “यो कुकुरले किन यसरी मलाई हेर्छ ?” भन्न नपाउदै अर्कोले छेंड हानिहाल्यो र भन्यो “त्यो कुकुरले आफ्नो हराएको भाइ जस्तै मान्यो होला ?”

सर सँग हात मिलाउदा

सर सँग हात मिलाउदा ……..

बिद्यार्थी आन्दोलनले गर्दा हाम्रो बिभाग बन्द थियो । आज छलफल गर्ने भनेर बोलाएको हुँदा हामी सबै बिभागको अगाडि भेला हुने भनेर म निस्केको थिए । म चाडै पुगेको थिए र त्यहाँ अवागै एकजना आएर बसिरहनु भएको रहेछ । म सरासर गए र के छ दाई, आरामै ? भन्दै एउटा हात मिलाउन र अर्को हात काँधमा धाप मारें । वहाँ त बडो मुस्किलका साथ हात मिलाउनु भयो र केही पनि बोल्नु भएन । म मनमनै हामी एक भन्दा बर्ष अगाडिको DK दाईलाई आज के भयो भनेर सोचिरहेको थिए । त्यतिकैमा मेरो सहपाठि आएर “नमस्कार सर” भन्दा पो म झल्याँस भए । ए वहाँ त टिचर पो, हामीलाई ३-४ वटा class त लीइसक्नुभएको थियो !!!!

प्रथम

मेरो ब्यक्तिगत गन्थन र सुसुप्त साहित्य………………..