रोग प्रतिरोधात्मक प्रणाली ज्यादा सकृय भएर हुने रोगहरु

“हाम्रो शरीरमा बाह्य हानिकारक बस्तुहरु जस्तै: जीवाणु (bacterium), बिषाणु (virus), परजिवी (parasite) इत्यादी प्रवेश हुने बित्तिकै हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली (Immune System) सकृय हुन्छ र रोग लाग्न दिदैन । यदि यो प्रणाली कमजोर भयो भने हाम्रो शरीर भित्र प्रवेश गर्ने जीवाणु/ बिषाणु/ परजिवीहरुले तुरुन्त आक्रमण गरिहाल्छन् र हामीलाई रोगहरु जस्तै: झाडा-पखाला, रुघा-खोकी, क्षयरोग, इत्यादी. लाग्छ ।

AIDS वास्तवमा आफैंमा कुनै रोग होइन तर यसले चाँही हाम्रो immune system लाई यती कमजोर बनाइदिन्छ कि निको नै नहुने गरी, अनी सबै किसिमको (सरुवा) रोगहरु लाग्छ र मृत्‍यु हुन्छ ।

तर immune system ज्यादा सकृय अथवा cross reaction भयो भने पनि यसले हाम्रो शरीरका आफ्नै कोष, तन्तु तथा अङ्गहरुलाई आक्रमण गर्न सुरु गर्छ अनी आँफैमा एक रोगको रुप लिन्छ, जसलाई Autoimmune Disease भनिन्छ । यसअन्तर्गत बात (Rheumatoid Arthritis), बिसमज्वर (Rheumatic fever), दम (Allergic Asthma), खास प्रकारको मुटुको रोग (Rheumatic heart disease), Graves’ disease, Lupus, Optic neuritis, Pernicious anemia, Sjögren’s syndrome, Primary biliary cirrhosism, Myasthenia gravis, Diabetes mellitus type 1, इत्यादी. (यस्ता सय भन्दा बढी किसिमका रोगहरु पत्ता लागेका छन्) ।

चालिस बर्ष उमेरपछिको स्थिती हेर्ने हो भने, पुरुषलाई भन्दा महिलालाई auto-immune रोग लाग्ने सम्भावना तीन गुणा धेरै हुन्छ । अहिले सम्म पाइएको तथ्याङ्क अनुसार, महिला : पुरुष = ३:१ छ । हालसालै गरिएको अध्य्यन अनुसार महिलाहरुमा auto-immune रोगको सम्भावना ज्यादा हुने निम्न कारणहरु पत्ता लागेका छन् ।

  1. Estrogens (oestrogens) हार्मोन महिलाहरुमा उत्पादन हुन्छ भने पुरुषहरुमा testosterone हार्मोन । estrogens हार्मोनले immune system ज्यादा सकृय हुन उत्प्रेरणा दिन्छ ।

  2. मानव शरीरमा २३ जोडा अनुबशिंक तत्वहरु (chromosomes) हुन्छन् । प्रत्येक जोडामा एक-बाबु तथा एक-आमाबाट आएका हुन्छन् । पुरुष र महिलामा २२ जोडा chromosome एकै किसिमका हुने भएता पनि २३ औं जोडा भने फरक हुन्छ । २३ औं जोडामा XX (महिला), XY (पुरुष)हुन्छ । यहीँ X chromosme मा immune प्रणालीलाई ज्यादा सकृय बनाउने केही रसायनहरु उत्पादन गर्ने अनुबशिंक तत्वका ईकाइहरु (genes) रहेका हुन्छन् । महिलाहरुमा X-chrosome दुइवटा हुनाले पुरुषको तुलनामा यस्ता रसायन हरु पनि दुईगुणा बढी उत्पादन हुन्छन् । हुन त gene दुईगुणा भयो भन्दैमा त्यसको उत्पादन पनि अनावश्यक रुपमा दुईगुणा नै हुन्छ भन्ने त होइन । नचाहिएको एउटा gene लाई छोपेर राख्ने र यस्को उत्पदन हुन नदिने अर्कै प्रणाली हुन्छ, यदी यो प्रणाली बेकार भएमा मात्र महिलाहरुमा autoimmune रोगको सम्भावना ज्यादा हुन्छ।

  3. Microchimerism:- गर्भावस्थामा रहेको भ्रुण/बच्चा महिलाको रक्तसंचार प्रणाली सँग प्रत्यक्ष सम्पर्कमा रहेको हुँदैन, साल-नाल को माध्यमबाट अप्रत्यक्ष रुपमा संपर्कमा रहेको हुन्छ । तर, कारणबस महिलाको रक्तसंचार प्रणालीमा बच्चाको कोष, तन्तु इत्यादी आउन पुग्यो भने महिलाको Immune system सकृय भाईहाल्छ । यो सकृयता Helper CD4 T-cell ले स्मरण गरिराखेको हुन्छ जसले महिलालाई बच्चाको जन्म पश्चात पनि हानी पुर्याउँछ । सामान्यत: बच्चाको जन्म पश्चात यस्ता Helper CD4 T-cell आँफैँ नस्ट हुन्छन् ।”

सन्दर्भ श्रोत: बिष्णु मरासिनी “महिलाहरुमा autoimmune रोगको सम्भावना ज्यादा हुने कारण”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: